आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

सञ्चारमन्त्री तिमिल्सिना आइटीयुको महासम्मेलनमा सहभागी भई स्वदेश फर्किए

नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
सञ्चारमन्त्री तिमिल्सिना आइटीयुको महासम्मेलनमा सहभागी भई स्वदेश फर्किए
काठमाडौं, कात्तिक २७ :

अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घ (आइटीयु)को महासम्मेलनमा सहभागी भई सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना स्वदेश फर्केका छन् ।  कतारको दोहामा आयोजना गरिएको उक्त सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री तिमिल्सिना शुक्रबार स्वदेश फर्केका हुन् ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घको महासम्मेलनमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी भएको बताए ।

उनले देशको आवश्यकता र रुचि अनुसार विभिन्न देशहरूसँग द्विपक्षीय भेटघाट गरिएको र प्रविधि, सूचना प्रविधि र टेलिकमको क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको जानकारी दिए । विश्वमा नयाँ–नयाँ प्रविधिहरू आउँदै गर्दा टेलिकम र सूचना प्रविधिको क्षेत्रमा पहुँच विस्तार हुनुपर्नेमा विभिन्न कारणले खुम्चिँदै गएकाले त्यसलाई विस्तार गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

मन्त्री तिमिल्सिनाले बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा छलफल भएको जनाए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार