आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश मधेस प्रदेश

समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भयो :महामन्त्री पौडेल

सरकारले आवश्यक गृहकार्य गरेन, संविधान संशोधनको नाममा हल्ला मात्रै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भयो :महामन्त्री पौडेल
जनकपुर, कात्तिक २७ :

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले समयमा नै स्थानीय तहको निर्वाचन हुनेमा संशय उत्पन्न भएको बताएका छन्। शुक्रबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले तोकिएको समयभित्र चुनाव गर्ने वा नगरिने भन्ने विषयमा संशय रहेको र समयमा निर्वाचन नभएमा स्थानीय तह नै चुनावविहीन बन्ने अवस्था आउन सक्ने बताए।

उनले तोकिएको समयमा निर्वाचन गर्न सरकारले आवश्यक गृहकार्य नगरेको धारणा राखे । पौडेलले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारबीच मात्रै प्रतिष्पर्धा गराउने सोच भए वा स्थानीय तहको संख्या हेरफेर गर्नुपर्ने संविधान संशोधन गर्नुपर्ने भएपनि यसमा पनि सरकाले कुनै तयारी नगरेको बताए ।

संविधान सुधार कार्यदल बनाएर बहस र समितिको गठन गरिए तापनि संविधान संशोधन गर्न चाहेको हो वा केवल हल्ला मात्रै गर्न खोजेको भन्ने प्रश्न उत्पन्न भएको उनको भनाइ छ । उनले सरकारले कुनै पनि बहानामा लोकतन्त्रमाथि आघात पुर‍्‍याउने काम गरे कांग्रेस चुप लागेर नबस्ने चेतावनी समेत दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार