आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

छठ सामाग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भिडभाड

काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
छठ सामाग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भिडभाड
काठमाडौं, कात्तिक २७ :

छठ पर्वका लागि चाहिने केरा, नरिवल, उखु लगायतका सामग्री किन्न काठमाडौं उपत्यकाका विभिन्न बजारमा भिड लागेको छ ।

छठ पर्वको मुख्य दिन नजिकिदै जाँदा काठमाडौंको कालीमाटी, कुलेश्वर लगाएतका स्थानमा छठ पर्वका लागि किनमेल गर्नेहरुको घुँइचो लागेको हो । छठका लागि विशेष रुपमा चाहिने केरा र नरिवल जस्ता सामग्री स्वदेशमा नै उपलब्ध भएपनि उखु लगायत अन्य फलफूल भने भारत लगाएतका देशहरुबाट ल्याइने गरिएको छ ।

बाँसका ढाकी, कुनिया लगायतका सामग्री पनि छठ पूजाका लागि अनिवार्य मानिने भएकाले यसको मुल्य पनि बढेको उपभोक्ताहरुले जनाएका छन् ।  छठ पर्वमा बाँसका कुनिया र ढक्कीमा पूजा सामग्री सजाएर अस्ताउँदो तथा उदाउँदो सूर्यलाई अर्घ दिने परम्परा छ ।

यस बर्षको छठ पर्वअन्तर्गत कात्तिक २९ गते आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिदैछ भने कात्तिक ३० गते सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई–मधेशमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँ उपत्यकाका पनि भव्यताका साथ मनाइने गरिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार