आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश बागमती प्रदेश

भीमफेदी दुर्घटनाका पीडित परिवारसँग सहमति, शवको पर्खाइमा आफन्त

अभिभावकविहीन बनेका बालबालिकालाई सहयोग गर्ने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
भीमफेदी दुर्घटनाका पीडित परिवारसँग सहमति, शवको पर्खाइमा आफन्त
हेटौंडा, कात्तिक २७ :

मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवार र स्थानीय प्रशासनबीच क्षतिपूर्तिलगायतका विषयमा सहमति जुटेपछि मृतकको शव परीक्षण प्रक्रिया अघि बढाइएको छ। 

सरकारले मृतकका परिवारलाई आवश्यक क्षतिपूर्ति उपलब्ध गराउने, अभिभावक गुमाएका बालबालिकाको संरक्षण तथा सहयोगको जिम्मेवारी लिने र पीडित परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने प्रतिबद्धता जनाएपछि सहमति जुटेको हो।

सहमति भएसँगै पोस्टमार्टम प्रक्रिया अघि बढाइएको छ। दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये पाँच जनाको यसअघि नै पोस्टमार्टम गरिएको थियो। चालकको शव परीक्षणपछि परिवारले बुझेर लगिसकेको छ भने बाँकी नौ जनाको पोस्टमार्टम भइरहेको छ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु चढेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय हाइस बिहीबार बिहान करिब ६ बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीस्थित भीमफेदी-कुलेखानी-काठमाडौं सडकखण्डबाट करिब पाँच सय मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो। दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो भने छ जना घाइते भएका थिए।

दुर्घटनामा ज्यान गुमाउने अधिकांश सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुर टोलका बासिन्दा थिए। छठ पर्व मनाउन घर फर्किने तयारीमा रहेका आफन्तको एकैपटक मृत्यु भएपछि गाउँ शोकमा डुबेको छ। छठको तयारीमा जुटेका गाउँलेका घरमा दुई दिनदेखि चुलोसमेत नबलेको स्थानीय बताउँछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार