सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
खेलकुद क्रिकेट

काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

काठमाण्डु गोर्खाज ७ रनले पराजित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २७ कात्तिक, २०८३ मा प्रकाशित
काठमाण्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा
काठमाडौं, कात्तिक २७ :

सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । काठमाण्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफमा स्थानमा सुरक्षित गरेको हो ।

सुदूरपश्चिम जारी प्रतियोगितामा प्लेअफमा स्थान सुनिश्चित गर्ने दोस्रो टोली हो । यसअघि लुम्बिनी लायन्सले प्लेअफमा स्थान बनाइसकेको छ । आजको खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाण्डुले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्र बनाउन सक्यो । काठमाण्डुका लागि राशिद खानले अविजित ३५, दुशान हेमन्थाले २१, साम हिजलेटले ११ र सन्तोष यादवले १० रन बनाए ।

बलिङतर्फ सुदूरपश्चिमका लागि अनिल खरेलले दुई तथा स्कट कुग्लिन, फाबियन एलन र हेमन्त धामीले एक एक विकेट लिए । त्यसअघि  कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनायो । सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५५ बलमा ५ चौका र २ छक्कासहित ६० रनको पारी खेले । जारी एनपीएलमा कप्तान ऐरीको यो पहिलो अर्धशतक हो ।

यस्तै, काठमाण्डुविरुद्ध थरिन्दु रत्नायकेले अविजित २६ र आरिफ शेखले १६ रन बनाए । बलिङतर्फ काठमाण्डुका लागि जहानदाद खानले ३ र सन्तोष यादवले २ विकेट लिए । आजै अर्को खेल चितवन राइनोज र जनकपुर बोल्ट्सबीच हुँदैछ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार