मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
प्रदेश मधेस प्रदेश

मधेसमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ कात्तिक, २०८३ मा प्रकाशित
मधेसमा मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान
जनकपुर, कात्तिक २८ :

मधेस प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मंसिर ४ गतेभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री कृष्णप्रसाद यादवको राजीनामा स्वीकृत गरी नयाँ सरकार गठनको प्रक्रिया अघि बढाएको जानकारी दिएको हो।

प्रदेश प्रमुखको कार्यालयका शाखा अधिकृत कृष्ण ठाकुरद्वारा जारी विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री यादवले पेस गरेको राजीनामा स्वीकृत गरिएको छ।

त्यस्तै, संविधानको धारा १६९ को उपधारा (३) बमोजिम अर्को मन्त्रिपरिषद् गठन नभएसम्मका लागि वर्तमान मन्त्रिपरिषद्लाई नै कार्यभार सञ्चालन गर्ने जिम्मेवारी तोकिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। प्रदेश प्रमुखले तोकेको समयसीमाभित्र नयाँ सरकार गठनका लागि दाबी पेस गर्नुपर्नेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार