सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश मधेस प्रदेश

मधेसका जनतालाई परिवर्तनको महशुस गराउन नसके आगामी निर्वाचनमा मत माग्न आउँदिन : लामिछाने

टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध प्रहरीमा उजुरी दिन आग्रह
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ कात्तिक, २०८३ मा प्रकाशित
मधेसका जनतालाई परिवर्तनको महशुस गराउन नसके आगामी निर्वाचनमा मत माग्न आउँदिन : लामिछाने
जनकपुर, कात्तिक २८ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन्।

जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको सङ्केतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो ।

सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा अनावश्यक हल्ला हुने गरेको उल्लेख गर्दै उनले त्यस्ता हल्लामा विश्वास नगर्न आग्रह गरे । सरकार आफ्ना प्रतिबद्धता पूरा गर्न केन्द्रित रहेको उनले बताए ।

सभापति लामिछानेले यसपटक जनताले रास्वपालाई परिवर्तनको अवसर दिएको उल्लेख गर्दै मधेशका जनताले त्यसको अनुभूति गर्न नसके आगामी निर्वाचनमा आफू मत माग्न नआउने बताए । जनतालाई झुक्याएर मत माग्ने राजनीति आफूलाई स्वीकार्य नहुने उल्लेख गर्दै उनले प्राप्त अवसरलाई धोका नदिन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरे।

उाले पार्टीको उम्मेदवार बनाइदिने भन्दै केही व्यक्तिले अग्रिम रकम माग्न थालेको सूचना आफूले पाएको बताए । रास्वपाले अहिलेसम्म कसैलाई पनि निर्वाचनको टिकट दिने वाचा नगरेको स्पष्ट पार्दै उनले टिकट दिलाइदिने प्रलोभनमा रकम माग्ने व्यक्तिबाट सचेत रहन आग्रह गरे ।

“उम्मेदवार म बनाइदिन्छु, टिकट म दिलाइदिन्छु भनेर अग्रिम रकम मागिएको सुनिएको छ । म आज यही मञ्चबाट घोषणा गर्दछु कि त्यस्ता सबै अग्रिम रकम डुबे”, उनले भने ।

टिकटको प्रलोभन देखाएर रकम माग्ने व्यक्तिविरुद्ध नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै उनले पार्टीको विधि र विधानविपरीत आर्थिक लेनदेन गर्नेबारे सूचना दिनेलाई विशेष सम्मान गरिने बताए।

“मधेशले मालिक खोजेको होइन, सेवक खोजेको हो। हामीले फेर्नुपर्ने हाम्रा सांसदको जीवनशैली होइन, मतदाताको जीवन फेर्नुपर्नेछ”, उनले भने।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार