सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
खेलकुद क्रिकेट

विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २८ कात्तिक, २०८३ मा प्रकाशित
विराटनगरविरुद्ध लुम्बिनीको जित, प्लेअफ समीकरण पूरा
काठमाडौं, कात्तिक २८ :

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत लुम्बिनी लायन्सले विराटनगरविरुद्ध ४ विकेटको जित निकालेको छ । आज विराटनगरले दिएको १६६ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९.५ ओभरमा छ विकेट गुमाएर भेट्टायो ।

उसका लागि डार्सी सर्ट र आसिफ शेखले समान ४५/५, अलि शेखले २७ र सन्दीप जोराले अविजित २५ रन बनाए । विराटनगरका लागि बलिङतर्फ अपराजित पौडेलले २ तथा रुपेश सिंह र चरिथ अशलङ्काले समान १/१ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो । उसका लागि चरिथा अशलङ्काले अर्धशतकीय इनिङ खेले ।

उनले ४३ बलमा छ छक्का र एक चौकाको मद्दतमा ६४ रनको इनिङ खेलेका हुन् । यस्तै, शुभम रञ्जनेले अविजित ३१, इमरान शेखले २९ र लोकेश बमले १५ रन जोडे ।  

लुम्बिनी लायन्सका बलिङतर्फ किशोर महतोले २, रुबेन ट्रम्पलम्यान र अभिशेष गौतमले १–१ विकेट लिए । लुम्बिनीको यो जितपछि विराटनगरको प्लेअफ सम्भावना समाप्त भएको छ ।

विराटनगर पराजित भएसँगै प्लेअफ समीकरण पनि पूरा भएको छ । यसपटक लुम्बिनीका साथै सुदूरपश्चिम रोयल्स, काठमाण्डु गोर्खाज र चितवन राइनोजले प्लेअफमा स्थान बनाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार