सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान, को-को गए ?

क्षमता अभिवृद्धिलगायत विषयमा छलफल हुने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
रास्वपाको २० सदस्यीय प्रतिनिधिमण्डल चीन प्रस्थान, को-को गए ?
काठमाडौं, कात्तिक २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय  प्रतिनिधिमण्डल चीनको १० दिवसीय भ्रमणमा आज त्यसतर्फ प्रस्थान गरेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) को निमन्त्रणामा भ्रमणमा रहेको टोलीले चीनमा रहँदा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा छलफल गर्नेछ ।

दुवै पार्टीले यस भ्रमणलाई नेपाल र चीनबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्यलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिएको रास्वपाका प्रवक्ता जगदीश खरेलले  जानकारी दिए ।

भ्रमण दलमा रास्वपाका सांसदहरु गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेशकुमार सापकोटा, डा धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा राम लामा, पुनमकुमारी अग्रवाल, डा आनन्दबहादुर चन्द, डा सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार