सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

कोप-३१ मा मन्त्रीदेखि सांसदसम्मको लर्को, रास्वपाका सांसदको विदेश भ्रमणमाथि उठ्यो प्रश्न

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
कोप-३१ मा मन्त्रीदेखि सांसदसम्मको लर्को, रास्वपाका सांसदको विदेश भ्रमणमाथि उठ्यो प्रश्न
काठमाडौं, कात्तिक २९ :

टर्कीको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन नेपालबाट मन्त्री, सांसद तथा सरकारी अधिकारीहरूको ठूलो टोली पुगेको छ। सम्मेलनमा सहभागिताका नाममा जनप्रतिनिधिहरूको विदेश भ्रमणको लर्को लागेपछि भ्रमणको औचित्य, पारदर्शिता र खर्च व्यवस्थापनमाथि प्रश्न उठ्न थालेको छ।

सम्मेलनमा सहभागी हुन नेपालबाट परराष्ट्र, अर्थ, कृषि, वन तथा पर्यावरण, शिक्षा र स्वास्थ्यमन्त्री गरी पाँच जना मन्त्री टर्की पुगेका थिए। सरकारले परराष्ट्रमन्त्री शिशिर खनाल र कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीलाई मुख्य कार्यक्रमको नेतृत्व गर्ने जिम्मेवारी दिएर पठाएको थियो।

परराष्ट्रमन्त्री खनाल शनिबार नेपाल फर्किसकेका छन् भने त्यसपछिका सत्रमा मन्त्री चौधरीले नेपालको प्रतिनिधित्व गरिरहेकी छन्। शिक्षामन्त्री सस्मित पोखरेल गत शुक्रबार सम्मेलनका कार्यक्रमहरूमा सहभागी हुन टर्की पुगेका थिए। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले आज स्वदेश फर्किंदैछन्। स्वास्थ्यमन्त्री निशा मेहता पनि सम्मेलनस्थल पुगेपछि श्रीलंकामा आयोजित कार्यक्रममा सहभागी भएर नेपाल फर्किएकी छन्।

औपचारिक नेपाली प्रतिनिधिमण्डलमा दुई मन्त्रीसहित राष्ट्रिय योजना आयोगका सदस्य प्राध्यापक डा. सञ्जय आचार्य, कृषि, वन तथा पर्यावरण मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रलगायत सरकारी अधिकारी सहभागी छन्। औपचारिक प्रतिनिधिमण्डलभन्दा बाहिरबाट पनि मन्त्री, सांसद तथा अन्य अधिकारीहरू आ–आफ्नै ढंगले कार्यक्रम मिलाएर सम्मेलनमा पुगेका छन्।

यसैबीच, शनिबार मात्रै संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति अशोककुमार चौधरीसहित पाँच जना सांसद टर्की प्रस्थान गरेका छन्। सभामुखस्तरीय निर्णयअनुसार कोप–३१ मा सहभागी हुन जाने सांसदहरूमा चौधरीसहित आशिष गजुरेल, राम लामा, अर्जुनकुमार कार्की र कमल सुवेदी रहेका छन्।

यता, कोप–३१ मा सहभागी हुन टर्की पुगेका रास्वपा सांसद डा. राम लामा र सागर ढकाल काठमाडौं आइपुगेपछि चीनतर्फ लागेका छन्। प्रधानमन्त्री बालेन्द्र शाह र केही मन्त्री मात्रै नेपालमा रहेको अवस्थामा गृहमन्त्री सुधन गुरुङ पनि कार्यक्रममा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई) पुगेका छन्।

यसैबीच, रास्वपाका २० जना सांसद आइतबार चीन प्रस्थान गरेका छन्। एकपछि अर्को विदेश भ्रमणमा जनप्रतिनिधिहरूको सहभागिता बढ्दै गएपछि भ्रमणको उद्देश्य, उपलब्धि, खर्चको स्रोत र पारदर्शिताबारे बहस सुरु भएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार