सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश मधेस प्रदेश

छठ मनाउन कांग्रेस सभापति थापा पत्नीसहित सर्लाहीमा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
छठ मनाउन कांग्रेस सभापति थापा पत्नीसहित सर्लाहीमा
सर्लाही, कात्तिक २९ :

नेपाली कांग्रेसका सभापति गगन थापा छठ पर्व मनाउन आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ मा पुगेका छन् ।  थापा पत्नी अञ्जना केसीका साथ आज बिहान मधेस प्रदेश पुगेका हुन्। सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ।सर्लाहीको छठघाट पुगेर थापा दम्पतीले छठीमाईको दर्शन तथा पूजापाठ गरे ।

सोमबार बिहान पत्नीका साथ वीरगन्ज-१० स्थित घडिअर्वा छठघाट पुगेर पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम छ। त्यसपछि उनले वीरगन्जका अन्य छठघाटको समेत भ्रमण गरी व्रतालु तथा श्रद्धालुसँग भेटघाट र शुभकामना आदानप्रदान गर्नेछन्।

कांग्रेस वीरगन्ज महानगर कार्यसमितिका अनुसार थापा सोमबार बिहान ४:३० बजे घडिअर्वा छठघाट पुग्नेछन्। त्यसपछि बिहान ५ बजे नगवा प्रहरी चौकीनजिकको छठघाट र ५:४५ बजे छपकैयाँ छठघाट पुग्ने कार्यक्रम छ। स्थानीयसँग अनौपचारिक संवाद तथा अन्तरक्रियापछि सोमबार साँझ थापा काठमाडौँ फर्किने कार्यक्रम छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार