सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश मधेस प्रदेश

समाजमा व्याप्त घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्न कांग्रेसले अभियान चलाउँछ : गगन थापा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
समाजमा व्याप्त घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्न कांग्रेसले अभियान चलाउँछ : गगन थापा
रौतहट, कात्तिक २९ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजमा व्याप्त नकारात्मकता, घृणा, निषेध र पूर्वाग्रह अन्त्य गर्दै सकारात्मक सोच र ऊर्जा प्रवाह गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएका छन्। 

पार्टीको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पहिलोपटक मधेश भ्रमणमा आएका थापाले आइतबार रौतहटको चन्द्रनिगाहपुरमा चन्द्रपुर नगर समितिले आयोजना गरेको भेटघाट कार्यक्रममा यस्तो बताएका हुन्।  उनले समाजमा फैलिएको निराशा र नकारात्मक भाष्य चिर्न कांग्रेसले चाँडै गाउँगाउँ पुगेर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

वर्तमान राजनीतिक गतिविधिप्रति व्यंग्य गर्दै उनले नेपाली समाजले अब धेरै नकारात्मकता, घृणा र पूर्वाग्रह थेग्न नसक्ने बताए। ‘यति धेरै नकारात्मकता नेपाली समाजले बोक्न सक्दैन। यति धेरै घृणा, निषेध र पूर्वाग्रह अब सहन सक्ने अवस्था छैन,’ उनले भने।

कांग्रेसले विगतमा पनि विभिन्न घेराबन्दी र चुनौतीको सामना गर्दै आएको उल्लेख गर्दै थापाले अहिले देखिएका षड्यन्त्र र अवरोधलाई समेत चिर्न पार्टी सक्षम रहेको दाबी गरे। माओवादी द्वन्द्वकालदेखि विभिन्न राजनीतिक चुनौतीको सामना गर्दै आएको कांग्रेसले वर्तमान राजनीतिक तथा सामाजिक परिस्थितिको समाधानसमेत खोज्ने उनको भनाइ थियो।

कांग्रेस अब सकारात्मक सोचका साथ अघि बढ्ने स्पष्ट पार्दै उनले समाजलाई घृणा र प्रतिशोधबाट मुक्त गराउने अभियानमा पार्टी लाग्ने बताए। पार्टीका लागि निर्वाचनभन्दा पार्टी र देशको भविष्य ठूलो विषय भएको पनि उनले उल्लेख गरे।

समाजमा फैलिएको निराशा र ‘केही भएन, सबै बिग्रियो’ भन्ने नकारात्मक भाष्य चिर्न कांग्रेसले एक महिनासम्म गाउँगाउँ पुग्ने कार्यक्रम बनाएको उनले जानकारी दिए। समाज र समुदायमा पुगेर सकारात्मक सन्देश प्रवाह गर्ने अभियानमार्फत नागरिकमा आशा र विश्वास जगाउने उनको भनाइ थियो।

थापाले पार्टीका नेता तथा कार्यकर्तालाई जिल्ला र प्रदेश अधिवेशनको तयारीमा जुट्न निर्देशनसमेत दिएका छन्। कार्यक्रममा उनले छठ पर्वको शुभकामना दिँदै छठीमाताले सबैलाई सकारात्मक सोच प्रदान गरून् भन्ने कामनासमेत गरे।

सभापति थापाले मकवानपुरमा गत बिहीबार भएको सवारी दुर्घटनामा मृत्यु भएका सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका पीडित परिवारलाई भेट्ने कार्यक्रम रहेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार