मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति मधेस प्रदेश भिडियो

गङ्गासागरमा रवि लामिछाने दम्पतीद्वारा छठी माताको पूजाअर्चना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
गङ्गासागरमा रवि लामिछाने दम्पतीद्वारा छठी माताको पूजाअर्चना
जनकपुर, कात्तिक २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनकपुरधामस्थित गङ्गासागरमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजाअर्चना गरेका छन्।

लामिछाने पत्नी निकिता लामिछानेसँगै जनकपुरधाम पुगेर छठ पर्वको पूजाअर्चनामा सहभागी भएका हुन्। लामिछाने दम्पतीले पूजासामग्रीसहित गङ्गासागर पुगेर विधिपूर्वक अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरेका थिए। उक्त छठ पूजामा रास्वपाका नेता मनिष झासहित पार्टीका अन्य नेताहरू पनि सहभागी भएका थिए।

लामिछाने पूजासामग्री बोकेर गङ्गासागरतर्फ पुग्दै गर्दा सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको थियो। उनको सहभागितासँगै गङ्गासागरमा छठ पर्वको पूजाअर्चनामा राजनीतिक दलका नेताहरूको उपस्थिति पनि देखिएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार