काठमाडौं, कात्तिक २९ :
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा दम्पतीले सर्लाहीमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठी माताको पूजाअर्चना गरेका छन्।
सभापति थापाले आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ स्थित छठीघाट पुगेर छठ पर्वको पूजाअर्चना गरेका हुन् । सभापति थापा पत्नी डा. अञ्जना केसीसँगै छठघाट पुगेर विधिपूर्वक पूजापाठ तथा छठी माताको दर्शन गरेका गरे।
यसैबीच, थापाले सोमबार बिहान पत्नीका साथ वीरगन्ज–१० स्थित घडिअर्वा छठघाट पुगेर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै पूजापाठ तथा दर्शन गर्ने कार्यक्रम रहेको छ।