मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
प्रदेश मधेस प्रदेश

भीमफेदी दुर्घटनाका पीडित परिवारलाई सभापति थापाले भेटे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
भीमफेदी दुर्घटनाका पीडित परिवारलाई सभापति थापाले भेटे
सर्लाही, कात्तिक २९ :

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा ज्यान गुमाएका सर्लाहीका मृतकका परिवारसँग भेट गरेका छन्। छठ पर्व मनाउन सर्लाही पुगेका थापाले दुर्घटनाबाट प्रभावित चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका पीडित परिवारलाई भेटेका हुन्।

भेटका क्रममा दुर्घटनामा अभिभावक गुमाएर सहाराविहीन बनेका बालबालिकाको पठनपाठनको जिम्मेवारी सरकारले लिनुपर्ने विषयमा जोड दिइएको थियो। त्यस्तै, पीडित परिवारका सदस्यलाई उचित रोजगारीको व्यवस्था गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

गत कात्तिक २६ गते बिहान करिब ६ बजे छठ पर्व मनाउन काठमाडौं हुँदै सर्लाही आउँदै गरेको माइक्रोबस मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो। मृतकमध्ये अधिकांश सर्लाहीका बासिन्दा थिए। उक्त दुर्घटनामा एकै परिवारका छ जनाले ज्यान गुमाएका थिए।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार