सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश

सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
सभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी
पर्सा, कात्तिक २९ :

सभामुख डोलप्रसाद (डिपी) अर्याल छठ पर्वका अवसरमा वीरगन्जस्थित ऐतिहासिक घडिअर्वा पोखरीमा आयोजित छठ पूजामा आज सहभागी भए।  

श्रद्धा र आस्थाको प्रतीकका रुपमा लिइने सांस्कृतिक पर्व छठका अवसरमा सभामुख अर्यालले घडिअर्वा पोखरी परिसरको अवलोकन तथा स्थानीय श्रद्धालुहरूसँग भेट गरे ।

त्यसैगरी, छठ पर्वका अवसरमा वीरगन्ज महानगरपालिका–१६ स्थित नगवा पोखरीको छठ पूजामा पनि उनी सहभागी भए । लोकआस्थाको पर्व छठ पर्वका अवसरमा वीरगन्जस्थित पोखरी, नदी, सरोवर तथा जलाशयलगायत छठघाट साजसज्जाले झकिझकाउ गरिएका छन् ।

वीरगन्जका ऐतिहासिक घडिअर्वा, लाछुमनवा र ‘स्वीमिङ पुल’लगायत छठ घाटलाई साजसज्जासहित सुन्दर बनाइएको छ । खरना मनाई सकिएको छ भने आज अस्ताउँदो सूर्य र भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।

घडिअर्वा छठघाटमा भारतको कोलकाताबाट आएका कारिगरले विशेष सजावट गरिएको घडिअर्वा छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राकेश साह कानुले जानकारी दिए । उनका अनुसार घडिअर्वा छठघाटमा पाँच हजार ५०० व्रतालु र हजारौँ दर्शनार्थी आउने अपेक्षा गरिएको छ।

त्यसैगरी, घडिअर्वासति अन्य घाटहरुमा सुरक्षाका लागि २४सै घण्टा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार