छठको मुख्य दिन आज पोखरी, नदी तथा जलाशयमा व्रतालुहरूले अस्ताउँदो सूर्यलाई श्रद्धापूर्वक अर्घ्य अर्पण गरेका छन् । व्रतालुहरू जलाशयमा पुगेर साँझ सूर्यदेवको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गरेका छन् ।
छठपर्वको चौथो तथा अन्तिम दिन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्यअर्पण गरेपछि छठपर्व विधिवत् रूपमा सम्पन्न हुनेछ । छठका लागि सरकारले भोलि सोमबार पनि सार्वजनिक बिदा दिएको छ ।