मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

स्थानीय तह निर्वाचनको मितिबारे आयोगले मंसिर ४ मा दलहरुसँग छलफल गर्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २९ कात्तिक, २०८३ मा प्रकाशित
स्थानीय तह निर्वाचनको मितिबारे आयोगले मंसिर ४ मा दलहरुसँग छलफल गर्दै
काठमाडौं, कात्तिक २९ :

निर्वाचन आयोगले स्थानीय तहको चुनावको मितिबारे छलफल गर्न राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरूलाई बोलाएको छ । स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल सकिँदै गर्दै आयोगले दलहरुलाई छलफलमा बोलाएको हो । निर्वाचन आयोगका आयुक्त गुरुप्रसाद वाग्लेका अनुसार दलहरूलाई  मंसिर ४ गते छलफलमा डाकिएको छ । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिँदैछ ।

प्रतिनिधिसभामा राष्ट्रिय दलको मान्यता प्राप्त गरेका दलहरुमा रास्वपा, नेपाली कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपा गरी ६ दल रहेका छन् ।  स्थानीय तहको निर्वाचनलाई दलहरुले विशेष चासो र महत्व दिएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा सिट गुमाएका विशेषगरी कांग्रेस र एमालेका लागि स्थानीय तहको निर्वाचन पनि चुनौतीपूर्ण बनेको छ । कतै प्रतिनिधिसभाको निर्वाचनमा झै स्थानीयमा पनि घण्टीकै वर्चस्व हुने पो हो कि भन्ने त्रासले गर्दा मतदातालाई विश्वास दललाउन ती दलहरुले गाउँ पस्ने अभियान चलाउँदैछन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार