प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण करिब साढे २५ घण्टामा सीमित हुने भएको छ। उनी मंसिर ६ गते नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत नयाँदिल्ली प्रस्थान गर्ने र मंसिर ७ गते अपराह्न ४:२० बजे सोही निगमको नियमित उडानबाट स्वदेश फर्कने तयारीमा छन्।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपाल र भारतका राजधानीबाहिरका प्रमुख सहरबीच सिधा हवाई सम्पर्क स्थापना गर्ने विषयमा समेत सहमति जुट्न सक्ने सम्भावना रहेको स्रोतले जनाएको छ। यो लगायतका वर्षौंदेखि थातिरहेका विषयलाई नेपालले भ्रमणको महत्त्वपूर्ण एजेन्डाका रूपमा अघि बढाउने भएको छ ।
भ्रमणको आवश्यक तयारी तथा व्यवस्थापन मिलाउन पर्यटनमन्त्री खडकराज पौडेल मंगलबार दिल्ली जाँदैछन्। उनले भ्रमणसँग सम्बन्धित व्यवस्थापकीय र अन्य आवश्यक पक्षमा समन्वय गर्नेछन्। यद्यपि, भ्रमण तालिकामा केही हेरफेर हुन सक्ने सम्भावना रहेकाले प्रधानमन्त्रीको भारत भ्रमणबारे औपचारिक निर्णय हुन भने बाँकी छ।