सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
अर्थतन्त्र सेयर बजार

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ दिन अगाडि प्रकाशित
नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
काठमाडौं, मंसिर १ :

धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक  १२ दशमलव ७९ अङ्कले घटेर दुई हजार ६३६ दशमलव १० मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३२ अङ्कले घटेर ४७७ दशमलव २१ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक शून्य दशमलव ८३ अङ्कले घटेर १८२ दशमलव ७७ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ७३ अङ्कले घटेर १६१  दशमलव ७६ मा पुगेको छ । आज विभिन्न कम्पनीका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता सेयर रु चार अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मूल्यमा खरिद बिक्री भएको छ । तेह्र उपसमूहमध्ये १२ उपसमूह घट्यो भने एक उपसमूह बढेको छ ।

आज ८६ कम्पनीको सेयर बढ्यो भने १८५ कम्पनीको सेयर घट्यो । त्यसैगरी नौ कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार आज अपर लोहोरेखोला हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, एपोलो हाइड्रो पावर लगायतका लगानीकर्ताले कमाएका छन् । त्यसैगरी एभरेष्ट कलर, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताले गुमाएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार