मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति

अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
अध्यक्ष दाहालसँग फ्रान्स-नेपाल संसदीयमैत्री सामूहिक भेट
काठमाडौं, मंसिर १ :

राष्ट्रियसभाका  अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपाल भ्रमणमा रहेका फ्रान्सको संसदीय प्रतिनिधि मण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । अध्यक्ष दाहालको कार्यकक्ष, सिंहदरबारस्थित फ्रान्सेली संसद्को तल्लो सदन अन्तर्गतको फ्रान्स–नेपाल संसदीय समूहका अध्यक्ष म्याडम बेआट्रिस पिरोन नेतृत्वको टोलीले शिष्टाचार भेट गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको हो ।

भेटमा दुई देशबीचको कूटनीतिक सम्बन्ध, आपसीहित र संसदीय सहकार्यका विषयमा कुराकानी भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले संसदीयमैत्री समूहको भ्रमणले द्विपक्षीय तथा संसदीय सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको बताए । नेपाल–फ्रान्स संसदीय सम्बन्ध विस्तारका लागि सङ्घीय संसद्को तर्फबाट आठ सदस्यीय नेपाल–फ्रान्स संसदीयमैत्री समूह गठन गरिएको जानकारी गराउँदै अध्यक्ष दाहालले दुई देशका संसद्को सहकार्य र अनुभव आदानप्रदानले कूटनीतिक सम्बन्ध थप मजबुत हुने विश्वास व्यक्त गरे ।

गत भदौको विनाशकारी बाढीपछि फ्रान्सेली राष्ट्रपतिको समवेदना सन्देश, फ्रान्सको ऐक्यबद्धता तथा युरोपेली सङघमार्फत उपलब्ध गराइएको मानवीय सहायताप्रति अध्यक्ष दाहालले आभार व्यक्त गरे ।  उनले बाढीमा बेपत्ता भएका चार फ्रान्सेली नागरिकका परिवारप्रति समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा फ्रान्सेली सरकारले गरेको सहयोगको प्रशंसा गरे ।

सो अवसरमा फ्रान्स–नेपाल संसदीयमैत्री समूहकी अध्यक्ष म्याडम बेआट्रिस पिरोनले आफू पहिलोपटक नेपाल भ्रमणमा आएको उल्लेख गर्दै आफू यहाँको वातावरणले निकै प्रभावित भएको बताइन् ।

आफूहरुले फ्रान्सको संसद्बाट फ्रान्स–नेपाल संसदीयमैत्री समूह पहिले नै गठन गरिसकेको उल्लेख गर्दै अध्यक्ष पिरोनले मैत्री समूहमार्फत संसदीय अभ्यास आदानप्रदान बढाउनुपर्नेमा जोड दिइन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार