मंगलबार, ८ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार #मोदीलाई दिए धन्यवाद#मनकामना केबलकार#कोप-३१ निष्कर्षविहीन#सहमति जुट्न सकेन#निजामती सेवा#सकारात्मक उपलब्धि#हवाई रुट#दुईतर्फी बनाउने#विपदको पूर्वसूचना#सेल ब्रोडकास्टिङ#प्रधानमन्त्री स्वदेश फर्किए#सम्बोधनको पूर्णपाठ#प्रधानमन्त्री बालेन्द्र शाह#भारतीय राष्ट्रपति द्रौपदी मुर्मू#वैवाहिक बलात्कार
राजनीति भिडियो

एमालेको राष्ट्रिय भेला भोलिदेखि : स्थानीय निर्वाचनको तयारीमा केन्द्रीत हुने

केन्द्रीय कमिटी बैठक मंसिर ४ गतेलाई सारियो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ६ दिन अगाडि प्रकाशित
एमालेको राष्ट्रिय भेला भोलिदेखि : स्थानीय निर्वाचनको तयारीमा केन्द्रीत हुने
ललितपुर, मंसिर १ :

नेकपा एमालेले बुधबारबाट सुरु हुने राष्ट्रिय भेलालाई स्थानीय निर्वाचनको तयारीमा केन्द्रीत गर्ने भएको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको एमाले स्थायी कमिटी बैठकमा राष्ट्रिय भेलाको तयारीका बारेमा छलफल भएको र भेलालाई स्थानीय निर्वाचनको तयारी र पार्टी संगठनलाई परिचालिन गर्ने विषयमा केन्द्रीत गर्ने निर्णय भएको एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।

भेलामा अध्यक्ष केपी ओलीले राष्ट्रिय राजनीति, भावी कार्यदिशा र पार्टीले गर्नुपर्ने कामहरूको विषयमा कार्यपत्र प्रस्तुत गर्ने र वरिष्ठ नेता विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने उनले जानकारी दिइन् ।

बैठकले मंसिर ५ गतेलाई तय भएको केन्द्रीय कमिटीको बैठक मंसिर ४ गतेलाई सार्ने निर्णय गरेको उपमहासचिव भट्टले बताए । बुधबारबाट सुरु हुने राष्ट्रिय भेलामा ३४ सय १४ जना सहभागी हुने एमालेले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार