सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ दिन अगाडि प्रकाशित
भोटेकोशी बाढीमा बेपत्ता पत्रकार थामीकी छोरीलाई पाकिस्तानको छात्रवृत्ति
काठमाडौं, मंसिर १ :

भोटेकोशी बाढीमा परेर बेपत्ता पत्रकार टेकराज थामीकी छोरीलाई पाकिस्तान सरकारले छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेको छ । नेपालका लागि पाकिस्तानी राजदूत मोहम्मद आमिर खानले आज पत्रकार थामीकी धर्मपत्नी एवं राससका समाचारदाता कालिका खड्कालाई सो कुराको जानकारी दिएका हुन् । उनकी छोरी कृतिका हाल नौ कक्षामा अध्ययनरत छिन् ।

राजदूत खानले कृतिकालाई माध्यमिक विद्यालयसम्मको छात्रवृत्ति उपलब्ध गराउने जानकारी दिए । राजदूत खानले कृतिकाको पठनपाठनमा सघाउ पुगोस् भनेर दूताबासका तर्फबाट सहयोगस्वरुप एक थान ल्यापटप पनि प्रदान गरेका थिए ।

त्यस अवसरमा राजदूत खानले भोटेकोशी बाढीले पु्र्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै एक मित्र राष्ट्रका हैसियतले पाकिस्तान सरकारका तर्फबाट दूताबासले पत्रकार थामीको परिवारलाई सो सहयोग गरेको बताए।

त्यस अवसरमा पत्रकार खड्काले छोरीको पठनपाठनका लागि सो सहयोग उपलब्ध गराएकामा पाकिस्तान सरकारलाई धन्यवाद ज्ञापन गरेकी थिइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार