सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
खेलकुद क्रिकेट

एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत

दुबै टिम फाइनलमा स्थान बनाउने लक्ष्यका साथ प्रस्तुत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ दिन अगाडि प्रकाशित
एनपीएल : सुदूरपश्चिमद्वारा लुम्बिनीसामु १०६ रनको लक्ष्य प्रस्तुत
काठमाडौं, मंसिर १ :

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत प्लेअफको पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनायो ।

उसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले अर्धशतकीय पारी खेले । उनले ५१ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५२ रनको पारी खेलेका हुन् । जारी एनपीएलमा कप्तान ऐरीको यो तेस्रो अर्धशतक हो ।

यस्तै, आज ईशान पाण्डेले ३३ बलमा ३ चौकासहित २७ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा समेत रन बनाउन सकेनन् । लुम्बिनीका लागि बलिङतर्फ रुबेन ट्रम्पेलम्यान र शेर मल्लले २–२ तथा किशोर महतो र अभिशेष गौतमले १–१ विकेट लिए ।

आजको खेल जित्ने टोलीले फाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ । पराजय व्यहोर्ने टोलीले फाइनलमा स्थान बनाउन एलिमिनेटर खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । सुदूरपश्चिम लगातार तेस्रो तथा लुम्बिनी दोस्रोपटक फाइनलमा स्थान बनाउने योजनामा छन् ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार