सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार प्रदेश बागमती प्रदेश

घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालक महर्जनको मृ*त्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ५ दिन अगाडि प्रकाशित
घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालक महर्जनको मृ*त्यु
चितवन, मंसिर १ :

पृथ्वी राजमार्गको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा माथिबाट खसेको ढुङ्गा लागेर मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा  ललितपुर महानगरपालिका–२० निवासी ६१ वर्षीय गङ्गाराम महर्जन रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार आज दिउँसो काठमाडौँबाट मुग्लिनतर्फ आउँदै गरेको बा ८५ प ६०१ नम्बरको मोटरसाइकलमाथि सडकको माथिल्लो भागबाट एक्कासी ढुङ्गा खसेको थियो । 

ढुङ्गाले लागेर मोटरसाइकल चालक महर्जन गम्भीर घाइते भई उपचारका लागि भरतपुर अस्पताल ल्याइएको थियो । घाइते महर्जनको उपचारका क्रममा दिउँसो मृत्यु भएको उनले जानकारी दिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार