सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति

काठमाडौँ-तराई/मधेस द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’

निर्धारित समयमा नै सम्पन्न गर्न पूर्वाधार मन्त्रीको निर्देशन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ४ दिन अगाडि प्रकाशित
काठमाडौँ-तराई/मधेस द्रुतमार्गको सबैभन्दा लामो महादेवटार सुरुङको ‘ब्रेक थ्रु’
काठमाडौं, मंसिर २ :

काठमाडौँ–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरको महादेवटारमा निर्मित सबैभन्दा लामो सुरुङको आज ‘ब्रेक थ्रु’ गरिएको  छ । राष्ट्रपति रामचन्द्र पौडेलले भीमफेदी र बकैया गाउँपालिका जोड्ने उक्त  सुरुङको ब्रेक थ्रु गरेका हुन् ।

त्यस कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग देशको आर्थिक समृद्धि र राष्ट्रिय एकताका लागि समेत महत्त्वपूर्ण रहेको बताए । द्रुतमार्ग निर्माणमा नेपाली सेनाले देखाएको तदारुकताको उनले प्रशंसासमेत गरे ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आयोजनाको काम निर्धारित  समयमा नै सम्पन्न गर्न निर्देशन दिए । नेपाली सेनाको व्यवस्थापनमा अघि बढिरहेको उक्त आयोजनाको भौतिक प्रगति हाल सम्म ५०.५४ प्रतिशत भएको कार्यक्रममा जानकारी दिइयो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार