सोमबार, ७ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति भिडियो

प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव : भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाइयोस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३ दिन अगाडि प्रकाशित
प्रधानमन्त्रीलाई प्रचण्डको सुझाव : भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाइयोस्
काठमाडौं, मंसिर ३ :

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पञ्चेश्वरको विषयलाई अघि बढाउन सुझाव दिएका छन् ।

रुसको भ्रमण सम्पन्न गरी बिहीबार स्वदेश फर्केका प्रचण्डले त्रिभुवन बिमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले आफू प्रधानमन्त्री हुँदा अघि बढाइएका पञ्चेश्वर परियोजना लगायतका कामहरू वर्तमान नेतृत्वले टुङ्ग्याएमा उचित हुने बताए ।

उनले विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सम्झौता र कृषि विकासका सहमति तथा समझदारीहरूलाई पनि अगाडि बढाउनुपर्नेमा जोड दिए । प्रचण्डले वर्तमान प्रधानमन्त्रीको कार्यशैली र भ्रमणबारे अस्पष्टता भए पनि राम्रो काम गर्दा समर्थन र सहयोग रहने तथा नराम्रो गर्दा आलोचना हुने स्पष्ट नीति रहेको धारणा राखे।

रुसमा आयोजित सम्मेलनमा विश्वमा भइरहेका युद्ध, तनाव, ‘ब्रिक्स’ , बहुध्रुवीय विश्व व्यवस्था, प्यालेस्टाइन र युक्रेन लगायतका विषयमा पार्टी र देशको स्पष्ट धारणा राखिएको उहाले जानकारी दिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार