आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
राजनीति प्रदेश गण्डकी प्रदेश

कांग्रेसको आधिकारिकता विवाद : सर्वोच्च अदालतले आफ्नै पक्षमा दिने देउवाको विश्वास

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २ दिन अगाडि प्रकाशित
कांग्रेसको आधिकारिकता विवाद :  सर्वोच्च अदालतले आफ्नै पक्षमा दिने देउवाको विश्वास
बागलुङ, मंसिर ४ :

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले  कांग्रेसको आधिकारिकता आफ्नो पक्षलाई दिने विश्वास व्यक्त गरेका छन् ।

शुक्रबार बागलुङ जिल्ला अधिवशेनको उद्घाटनका क्रममा देउवाले विभिन्न समयमा अदालतबाट न्याय पाएको चर्चा गर्दै यसपटक पनि आफ्नै पक्षमा फैसला आउनेमा विश्वस्त रहेको बताए।  न्यायाधीश कतै नबिकेमा सर्वोच्चले हाम्रै पक्षमा निर्णय गरिदिनेछ, देउवाले भने।

‘हिजो मलाई पञ्चायतकालमा नियन्त्रणमा राखेको थियो। अदालतको फैसलाले छाडिदियो,’ देउवाले भने, ‘पूर्वराजा ज्ञानेन्द्रका पालामा पनि शाही आयोगले मलाई थुनेको थियो। त्यो बेला पनि छाडेको थियो।’

विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वको आएको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले आधिकारिकता दिएको थियो। देउवाले सर्वोच्चको फैसला पुनरावलोकनका लागि निवेदन दिएकाले यो मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार