आइतबार, ६ मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो #प्रधानमन्त्री वालेन्द्र शाह#महासचिव शंकर पोखरेल#एसिया कप राइजिङ स्टार्स#नेपालले पहिलो जित#सांस्कृतिक सम्बन्ध#तल्लो अरुण जलविद्युत्#सोमबार शिलान्यास#सभामुख डोलप्रसाद अर्याल#पशु ढुवानी#चरम लापरबाही#अध्यक्ष राजेन्द्र लिङ्देन#सनातन हिन्दुराष्ट्र#प्रधानमन्त्री शाह नयाँदिल्लीमा#घोप्टेभिरको डाँडा#जोखिमपूर्ण भाग झार्न थालियो
समाचार

राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा सहभागी

सक्रिय न्युज · १ दिन अगाडि प्रकाशित
राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिरमा सहभागी
काठमाडौं, मंसिर ५ :

राष्ट्रपति पौडेल कनक चैत्य महावीहार, सेतो मच्छिन्द्रनाथ मन्दिर परिसरमा जगत् कल्याण र शान्तिका लागि ५० वर्षपछि आयोजना भएको महायज्ञमा सहभागी भएका छन् ।

आर्यावलोकीतेश्वर सुधार समूहको आयोजना भएको उक्त महायज्ञ बिहीबारदेखि सुरु भएको हो ।

महायज्ञको अन्तिम दिन आज राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित सहभागी भएका हुन् । महायज्ञमा अग्नि स्थापना, तोंछा पूजा, धर्म देशना, स्वस्तिक वाचन र धार्मिक पूजापाठलगायत विधिहरू समावेश गरिएकोनेपालको नेवाः बौद्ध तथा तान्त्रिक परम्पराः काठमाडौँ उपत्यकाको नेवाः संस्कृति अर्थात विशेषगरी बज्रयान बौद्ध परम्परामा अयूता हुति महायज्ञलाई अत्यन्त दुर्लभ र महत्त्वपूर्ण मानिने आर्यावलोकीतेश्वर सुधार समूहका अध्यक्ष निलकाजी शाक्यले जानकारी दिए ।

काठमाडौँको जनबहालस्थित कनक चैत्य महाविहार (सेतो मत्स्येन्द्रनाथ मन्दिर) लगायतका ऐतिहासिक विहारमा यो महायज्ञ तीन दिनसम्म विशेष तान्त्रिक विधि, पञ्चोपचार पूजा र गुठी समुदायको सहभागितामा सम्पन्न गर्ने परम्परा छ ।

राष्ट्रपति पौडेलले सो क्रममा सेतो मत्स्येन्द्रनाथ मन्दिर दर्शन गर्नुका साथै महायज्ञको हवनमा सहभागी भएर भेटी प्रदान गर्नुभयो । कार्यक्रममा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, काठमाडौँ महानगरका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोललगायत विशिष्ठ व्यक्तिको सहभागिता रहेको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार