बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
खेलकुद फुटबल

दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी

लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · २३ घण्टा अगाडि प्रकाशित
दसौँ राष्ट्रिय खेलकुद : फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी
प्रतीकात्मक तस्वीर ।
सुर्खेत, मंसिर ९ :

दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तरगत आज भएको पुरुष फुटबल खेलमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ ।

कर्णाली प्रदेश रङ्गशाला सुर्खेत वीरेन्द्रनगरमा भएको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ३–० ले हराउँदै विजय सुरुआत गरेको हो । आर्मी क्लबका भरत खवासले २३औँ मिनेटमा पहिलो र लाकेन लिम्बुले ५२औँ दोस्रो मिनेटमा दोस्रो गोल हान्दै आफ्नो टोलीको जीत सुरुआत गर्नुभएको थियो ।

खेलको ६४औँ मिनेटमा भने लुम्बिनी प्रदेशका विकास लिम्बुले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हान्दा आर्मी क्लबको गोलमा अङ्क बढेर तीन पुग्यो । उक्त खेलमा लुम्बिनी प्रदेशका फागुराम थारुलाई पहेँलो कार्ड देखाइएको म्याच अफिसर वीरेन्द्र पाण्डेले जानकारी दिए ।  दोस्रो खेल कोशी र बागमती प्रदेशबीच आजै हुने राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार