बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#हावाहुरी#सुन्तला झार्‍यो#सीता बादी#भोटेकोशी बाढी प्रभावित#दूरसञ्चार सेवा#स्वास्थ्य बिमा ऐन#पूर्व मुख्यसचिव#एकनारायण अर्याल#कागेश्वरी मनोहरा नगर अस्पताल#विशेषज्ञ स्वास्थ्य सेवा#दीपक कुमार साह#वीर अस्पताल#लिफ्टसहितको आकासे पुल#लैङ्गिक हिंसा#कागेश्वरी मनोहरा नगरपालिका#रामजी यादव #हावाहुरी#सुन्तला झार्‍यो#सीता बादी#भोटेकोशी बाढी प्रभावित#दूरसञ्चार सेवा#स्वास्थ्य बिमा ऐन#पूर्व मुख्यसचिव#एकनारायण अर्याल#कागेश्वरी मनोहरा नगर अस्पताल#विशेषज्ञ स्वास्थ्य सेवा#दीपक कुमार साह#वीर अस्पताल#लिफ्टसहितको आकासे पुल#लैङ्गिक हिंसा#कागेश्वरी मनोहरा नगरपालिका#रामजी यादव
समाचार प्रदेश बागमती प्रदेश

भोटेकोशी बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री सीता बादी रसुवामा

स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · १८ मिनेट अगाडि प्रकाशित
भोटेकोशी बाढी प्रभावितको अवस्था बुझ्न मन्त्री सीता बादी रसुवामा
काठमाडौं, मंसिर १० :

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले भोटेकोशी बाढीबाट प्रभावित समुदायको अवस्था  बुझ्न आज रसुवाको आमाछोदिङमो गाउँपालिकामा आएकी छिन् ।

गाउँपालिकामा आयोजित विशेष कार्यक्रममा सहभागी हुँदै मन्त्री बादीले बाढीबाट महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायमा परेको प्रभावबारे जानकारी लिएको उनको निजी सचिवालयले जनाएको छ ।

अनुगमनका क्रममा उनले बाढीपछिको अवस्था, प्रभावित समुदायका तत्कालीन आवश्यकता र उनीहरूले भोग्नुपरेका समस्याबारे स्थानीय जनप्रतिनिधि तथा सरोकारवाला निकायसँग छलफल गरेकी छन् ।

मन्त्री बादीले बाढी प्रभावित महिला, बालबालिका तथा लैङ्गिक एवं यौनिक अल्पसङ्ख्यक समुदायको संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षा सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो सहयोग र पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी थिइन् ।

प्रभावित समुदायको तत्कालीन आवश्यकता सम्बोधन गर्नुका साथै दीर्घकालीन संरक्षण, पुनःस्थापना र सामाजिक सुरक्षाका लागि मन्त्रालयका विशेष कार्यक्रम तथा पहल आमाछोदिङमो गाउँपालिकाबाटै सुरु गरिने गाउँपालिका उपाध्यक्ष चण्डिका तामाङले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार