बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने गरी लिफ्टसहितको आकासे पुलको शिलान्याश

आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३४ मिनेट अगाडि प्रकाशित
वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने गरी लिफ्टसहितको आकासे पुलको शिलान्याश
काठमाडौं, मंसिर १० :

काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकासे पुल निर्माण गर्ने भएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवन जोड्ने आकासे पुल निर्माण गर्ने भएको छ ।

अस्पतालको दुई भवनमा आवतजावत गर्न विरामीलाई समस्या भएपछि महानगरले लिफ्टसहितको आकाशे पुल निर्माण गर्न लागेको हो । पुल निर्माण कार्यको बिहीबार काठमाडौं महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिलान्याश गरिन् ।

सो क्रममा डंगोलले अस्पतालको गेटबाहिरसम्म बिरामीको लाइन, व्यस्त क्षेत्र तथा सडक पार गराउँदा बिरामीले भोग्नुपरेको कठिनाइलाई मध्यनजर गर्दै  आकाशे पुल निर्माण गर्न लागिएको जानकारी दिइन् ।

पुरानो अस्पताल र नयाँ अस्पताल भवनबिच सडक रहेकाले बिरामीलाई ट्रलीमा गुडाएर सडक पार गराउनुपर्दा गाडी, बाइक र स्कुटरको हतारका कारण कठिनाइ हुने गरेको उनले बताइन्। उनले बिरामी र चिकित्सक दुवैको सुरक्षा तथा सहजताका लागि पुरानो र नयाँ अस्पताल भवन जोड्ने पुल समयमा नै निर्माण गरिने उल्लेख गरिन्। ४ करोड ७१ लाख रुपैयाँमा आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको महानगरले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार