बिहीबार, १० मंसिर २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध : मन्त्री साह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · ३८ मिनेट अगाडि प्रकाशित
लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध : मन्त्री साह
काठमाडौं, मंसिर १० :

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार साहले लगानीकर्ताको विश्वासका लागि नीतिगत सुधार गर्न वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार काठमाडौंमा आयोजित यूके–नेपाल बिजनेस फोरममा मन्त्री साहले अवसरसँगै लगानी आकर्षित गर्न विश्वास, नीतिगत पूर्वानुमानयोग्यता, पारदर्शिता र समयमै निर्णय आवश्यक रहेको भन्दै यसमा सरकारको ध्यान रहेको बताएका हुन् ।

उनले दोहोरो कर हटाउने सम्झौता, कर नीतिको स्थिरता, नाफा फिर्ता लैजाने प्रक्रिया, बौद्धिक सम्पत्ति संरक्षण र निर्यात सहजीकरणजस्ता विषयलाई गम्भीरतापूर्वक लिइएको भन्दै अर्थ मन्त्रालय तथा सम्बन्धित निकायसँग समन्वय भइरहेको जानकारी  दिए ।

मन्त्री साहले ३० देखि ९० दिनभित्र बेलायती तथा नेपाली व्यवसायीले उठाएका मुख्य सरोकार, लगानी प्रस्ताव र नियामक अवरोध संकलन तथा पहिचान गरि समाधान गर्ने योजना सुनाए। उनले लगानीकर्तालाई केवल लगानीकर्ताका रूपमा मात्र नभई दीर्घकालीन साझेदारका रूपमा स्वागत गर्दै संयुक्त लगानी, प्रविधि साझेदारी र उत्पादन क्षेत्रमा अघि बढ्न उनले आह्वान गरे ।

मन्त्री शाहले बेलायतमा रहेको नेपाली डायस्पोरालाई लगानी, विशेषज्ञता, नवप्रवर्तन र ज्ञान हस्तान्तरणमार्फत दुई अर्थतन्त्रबिचको सेतु बन्न आग्रह समेत गरे । नवीकरणीय ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, हरित प्रविधि, उत्पादन तथा औद्योगिक विकास, दिगो पूर्वाधार, सेवा क्षेत्र र पर्यटनमा सहकार्यका ठुला अवसर रहेको उनको भनाइ छ ।  

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार