साउन २१ :

काठमाडौँ, साउन २० : स्वास्थ्य बीमा बोर्डका कर्मचारी आन्दोलित भएका छन् । बोर्डमा कार्यरत शाखा अधिकृत शोभित रिजाललाई काजफिर्ता नगरेको भन्दै कर्मचारी आन्दोलित भएका हुन् ।

अधिकृत रिजालले करारका कर्मचारीहरू माथि दुर्व्यहार गरेको आरोप लगाउँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई काजफिर्ता गरिदिन माग गरेपनि सुनुवाई नभएको भन्दै बोर्डका कर्मचारीले शुक्रबारदेखि कामकाज ठप्प पार्दै आएका छन् ।