काठमाडौँ, कात्तिक १२ :

साफ महिला च्याम्पियनसिप अन्तर्गत अहिले नेपाल र भारतबीचको खेल हुँदैछ  ।

दशरथ रंगशालामा भइरहेको यो दोश्रो तथा अन्तिम सेमिफाइनल खेल हो । 

फाइनलमा जान नेपाललाई जित्नै पर्ने दबाव एकातिर  छ भने घरेलु दर्शकको उपस्थितिले उनीहरुलाई थप दवावमा राखेको छ ।

अहिले रंगशालामा दर्शकहरु खचाखच भरिएका छन । 

नेपालले एन्जिला सुब्बाको कप्तानीमा पूजा राना, विमला विक, अम्रिता जैशी, रेनुका नगरकोटी, सावित्रा भण्डारी, गिता राना, रेखा पौडेल, प्रिति राई, सविता रानामगर र अमिसा कार्की नेपाली टिममा सहभागी छन ।