मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल #प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल
समाचार राजनीति

राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह 

· सोमबार, १३ कात्तिक, २०८१ मा प्रकाशित
राजनीतिक स्थिरता कायम गर्न वर्तमान सरकार बनेको होः उपप्रधानमन्त्री सिंह 
चितवन, कात्तिक १३ :

उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि वर्तमान सरकार बनेको बताउनुभएको छ ।  

नेपाली काँग्रेस चितवनले आज आयोजना गरेको दिपावली विशेष कार्यक्रममा राजनीतिक स्थिरता र स्थायित्व दिएर जनताको पिरमर्कालाई चाँडो सम्बोधन गर्नेतर्फ अहिलेको सरकार लागिपरेको बताउनुभयो । 

सरकार लामो समयसम्म टिकाउनका लागि पनि वर्तमान सत्ता समीकरण बनेको उहाँको भनाइ थियो । 

उपप्रधानमन्त्री सिंहले विधिको शासन कायम गर्नेतर्फ आफूहरूको प्रयास रहेको बताउनुभयो ।

फरक प्रसङ्गमा उहाँले काङ्ग्रेसलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीभन्दा पनि व्यक्ति र समूहलाई महत्व दिँदा गन्तव्यमा पुग्न नसक्ने उहाँले उल्लेख गर्नुभयो ।

पार्टीभित्रको चुनौती भनेको व्यवस्थापन कार्य नै भएको उपप्रधानमन्त्री सिंहको भनाइ छ । नेपाली कङ्ग्रेसको नेतृत्वबाट जारी सङ्घीय लोकतान्त्रिक समावेशी संविधानको भावना र मर्मअनुसार त्यसलाई अक्षरसःः पालना गरेर त्यसको आधारमा राजनीतिक स्थायित्व कायम गर्दै विकासलाई सँगै लैजानुपर्ने उहाँले उल्लेख गर्नुभयो । 

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तनदेखि राज्यलाई नयाँ ढङ्गबाट अगाडि बढाउन काँग्रेस सक्षम रहेको बताउनुभयो । 

यसका लागि सबै सङ्गठित भएर अघि बढ्नुपर्ने उहाँको सुझाव थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार