काठमाडौँ, कात्तिक १४ :
आफ्नो सभापतिको पक्राउले रनभुल्लमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले आज प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन र सभा गरे ।
सरकारको विरोध गर्दा उनीहरुले सरकार नै भ्रष्टाचारमा डुवेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बढी आलोचना गरेका थिए ।
आज उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरे । त्यसपछि प्रहरीले हस्तक्षेप पनि गर्यो ।
आफ्नो सभापतिको पक्राउ प्रतिशोधको उपज भएको उनीहरुको भनाइ थियो ।
सभापति पोखरामा थुनिएको भएपनि रास्वपाले भने विरोधको कार्यक्रम काठमाडौँमा गरिरहेको छ ।
त्यसो त रास्वपा उपसभापति डिपी अर्यालले सभापति रवि लामिछानेलाई रिहा गरिदिन प्रधानमन्त्रीसँग हार गुहार गरिरहेको समाचार पनि उत्तिकै चर्चामा छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै