काठमाडौँ, कात्तिक १४ :

आफ्नो सभापतिको पक्राउले रनभुल्लमा परेका राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले आज प्रधानमन्त्रीको सरकारी निवास अगाडि विरोध प्रदर्शन र सभा गरे ।

सरकारको विरोध गर्दा उनीहरुले सरकार नै भ्रष्टाचारमा डुवेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको बढी आलोचना गरेका थिए । 

आज उनीहरुले निषेधित क्षेत्र तोड्ने प्रयास गरे । त्यसपछि प्रहरीले हस्तक्षेप पनि गर्‍यो । 

आफ्नो सभापतिको पक्राउ प्रतिशोधको उपज भएको उनीहरुको भनाइ थियो । 

सभापति पोखरामा थुनिएको भएपनि रास्वपाले भने विरोधको कार्यक्रम काठमाडौँमा गरिरहेको छ । 

त्यसो त रास्वपा उपसभापति डिपी अर्यालले सभापति रवि लामिछानेलाई रिहा गरिदिन प्रधानमन्त्रीसँग हार गुहार गरिरहेको समाचार पनि उत्तिकै चर्चामा छ ।