मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल #प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल
राजनीति

कठिन समयमा सहयोग गर्ने काँग्रेस कार्यकर्ताको उच्च मुल्याङ्कन हुन्छ - सभापति देउवा

· मंगलबार, १४ कात्तिक, २०८१ मा प्रकाशित
कठिन समयमा सहयोग गर्ने काँग्रेस कार्यकर्ताको उच्च मुल्याङ्कन हुन्छ - सभापति देउवा
ललितपुर, कात्तिक १४ :

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उहाँले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

सभापति देउवाले भन्नुभयो,“देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।”

उहाँले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न आग्रह गर्नुभयो ।

पूर्वमन्त्री एवं कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले बाढीपहिरा तथा विपद्का समयमा सहयोग गर्नु आफूलगायत हरेक व्यक्तिको दायित्व भएको बताउनुभयो ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठले विपद्बाट भएको मानवीय र भौतिक क्षतिमा पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले पार्टीका तर्फबाट बाढीपहिरो पीडितका लागि सङ्कलन गरेको रु दुई लाख २७ हजार पाँच सय पाँच बागमती गाउँपालिका आश्राङमा बाढीले घर बगाएका पीडित परिवारलाई प्रदान गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा बाढीपहिरोबाट मृत्यु भएका ४६ र बेपत्ता पाँच गरी ५१ जनाका परिवारलाई नगद रु २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार