विराटनगर, कात्तिक १५ :
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने भन्ने सम्बन्धमा वृहत छलफल गरिने उल्लेख गर्नुभयो ।
सहकारी संस्थाहरुको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानविन समितिको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अघि बढाएको उहाँले बताउनुभयो ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन लोकतन्त्र सुदृढीकरणका लागि भएको पनि उल्लेख गर्नुभयो ।
मुलुक अप्ठ्यारो अवस्था तथा चरम सङ्कटमा पुग्दा वर्तमान सत्ता गठबन्धन बनेको उहाँको भनाइ थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
लोकतन्त्रको रक्षा र रूपान्तरणमा तरुणको भूमिका महत्वपूर्ण छ : महामन्त्री पौडेल
काठमाडौँमा प्रहरीको ‘स्वीप अपरेसन’: ७५ जना पक्राउ, १२ फरार कसुरदार र प्रतिवादीसमेत नियन्त्रणमा
कागेश्वरी मनोहरा नगर अस्पतालले सेवा सुधारबारे कात्तिक १५ गते सार्वजनिक सुनुवाइ गर्दै