
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आज विश्वासको मत लिँदै हुनुहुन्छ।
विश्वासको मत लिने प्रयोजनका लागि बैठक दिउँसो ३ बजे बोलाइएको कर्णाली प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपेन्द्रकुमार गुरूङले जानकारी दिनुभयो । कँडेल नेपाली कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो।
नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम आफूलाई विश्वास छ भन्ने स्पष्ट पार्न मत लिन लागेको मुख्यमन्त्री कँडेलले बताउनुभएको छ ।
कुल ४० सदस्य रहेको प्रदेश सभामा विश्वासको मत लिन २१ जनाको समर्थन आवश्यक पर्दछ।
कर्णाली प्रदेशसभामा हाल नेपाली कांग्रेसका १४, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का १३, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का १०,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्रको एक/एक गरी कुल ४० सदस्य सङ्ख्या रहेको छ।