
काठमाडौँ, साउन २२ :
नेपाली बजारमा सोमबार सुनको मुल्यले हालसम्मकै उच्च रेकर्ड बनाएको छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो दुई सय रुपैयाँ घटेको सुन आज तोलामा तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम भएको हो ।
त्यस्तै आज चाँदीको भाउ भने यथावत् रहेको छ । आज चाँदी तोलाको एक हजार सात सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।