काठमाण्डौँ , कात्तिक २७ :

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा बैठक बसिरहेको हो ।

बैठकमा आगामी मंसिर १६ गते हुने उपनिर्वाचन र पार्टी सङ्गठनको विषयमा छलफल हुने जनाइएको छ ।