काठमाडौँ, साउन २२ :

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले आज शिष्टाचार भेट गर्नुभएको छ ।

भेटका अवसरमा नेपाल थाइल्यान्डको आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।