काठमाण्डौँ , कात्तिक २९ :

सङ्घीय संसद् अन्तर्गत दुईवटा समितिका बैठक बस्दैछन् । 

आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सहकारी ऐनको कार्यान्वयनमा रहेका समस्याका सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।