
काठमाडौं - कमला ह्यारिसलाई अमेरिकी राष्ट्रपतिको उम्मेदवार बन्ने बाटो खुलेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको उमेदवारीबाट आफ्नो नाम फिर्ता लिएर कमला ह्यारिसलाई समर्थन गरेका छन्। बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसलाई उम्मेदवार बनाउन समर्थन गरे पनि डेमोक्र्याटिक पार्टीबाट कमला ह्यारिसको उम्मेदवारी पुष्टि भएको थिएन। उनलाई पार्टीको समर्थन लिनुपर्ने थियो ।
अहिले डेमोक्र्याटिक पार्टीबाट पनि कमला ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवार बन्न आवश्यक समर्थन प्राप्त भएको छ।
कमला ह्यारिसले सामाजिक सञ्जालमा ट्विट गर्दै पार्टीको उम्मेदवार बन्नको लागि आवश्यक समर्थन पाएकोमा आफूलाई गर्व भएको बताएकी छन्।
उनले लेखेकी छिन्, ‘आगामी केही महिनामा म देशैभर घुमेर अमेरिकाका जनतासँग हरेक मुद्दामा कुरा गर्नेछु । मेरो उद्देश्य हाम्रो पार्टी र राष्ट्रलाई एकताबद्ध गर्ने र डोनाल्ड ट्रम्पलाई हराउने हुनेछ।'