
फाइल
काठमाडौँ, कात्तिक ३० :
रास्वपा सभापति रवि लामिछानेको वयान रुपन्देही जिल्ला अदालतमा सकिएको छ ।
वयान सकिएपछि अहिले लामिछानेलाई भैरहवाबाट पोखरा ल्याउने तयारी गरिएको छ।
अहिले ८:३० बजेको फ्लाइटमा लामिछानेलाई पोखरा ल्याउन लागिएको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिएका छन ।
दिउँसो बयान सकिएर ६:४० बजे ल्याउने तयारी भएपनि मौसमका कारण अहिले ल्याउन लागिएको बोहोराले बताए ।
बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी प्रकरणमा सोधपुछ गर्न लामिछानेलाई गत मंगलबार भैरहवा लगिएको थियो ।
पोखरामा पनि लामिछानेमाथिको अनुसन्धान जारी छ ।
यसैबीच रास्वपाका कार्यकर्ताले आजपनि बुटवल देखि भैरहवासम्म मोटरसाईकल र्यालीको आयोजना गरेको थियो ।