सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

रास्वपा सभापति लामिछानेको वयान सकियो, अहिले भैरहवाबाट पोखरा लैजाने तयारी

रास्वपाका कार्यकर्ताको बुटवल देखि भैरहवासम्म मोटरसाईकल र्याली
· बिहीबार, ३० कात्तिक, २०८१ मा प्रकाशित
रास्वपा सभापति लामिछानेको वयान सकियो, अहिले भैरहवाबाट पोखरा लैजाने तयारी
फाइल
काठमाडौँ, कात्तिक ३० :

रास्वपा सभापति रवि लामिछानेको वयान रुपन्देही जिल्ला अदालतमा सकिएको छ । 

वयान सकिएपछि अहिले लामिछानेलाई भैरहवाबाट पोखरा ल्याउने तयारी गरिएको छ। 

अहिले ८:३० बजेको फ्लाइटमा लामिछानेलाई पोखरा ल्याउन लागिएको रास्वपा केन्द्रीय सदस्य दीपक बोहराले जानकारी दिएका छन ।

दिउँसो बयान सकिएर ६:४० बजे ल्याउने तयारी भएपनि मौसमका कारण अहिले ल्याउन लागिएको  बोहोराले बताए । 

बुटवलस्थित सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धी प्रकरणमा सोधपुछ गर्न लामिछानेलाई गत मंगलबार भैरहवा लगिएको थियो । 

पोखरामा पनि लामिछानेमाथिको अनुसन्धान जारी छ ।

यसैबीच रास्वपाका कार्यकर्ताले आजपनि बुटवल देखि भैरहवासम्म मोटरसाईकल र्यालीको आयोजना गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार