काठमाण्डौं, कात्तिक ३० :

 राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान ढिलासम्म चलेकोले आज उहाँलाई रुपन्देहीबाट पोखरा लगिएको छैन । 

बयान सकेर आजै पोखरा लगिने भनिएपनि बयान ढिलासम्म नै लिएको र केही प्रक्रिया मिलाउन ढिला भएकोले आज रुपन्देहीमा नै राखिएको छ । भोली बिहान पहिलो उडानबाट पोखरा लगिने रुपन्देही प्रहरीले जनाएको छ ।

सभापति लामिछानेलाई अस्ति मंगलबार कास्कीबाट भैरहवा लगिएको थियो ।