काठमाण्डौं, मंसिर १ :

सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहनुुभएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज भैरहवाबाट पोखरा लगिएको छ ।

बुटवलको सुप्रिम सहकारीको रकम ठगी अभियोगमा अनुसन्धानमा रहेका लामिछानेलाई भैरहवामा बयान सकिएपछि आज पोखरा लगिएको हो ।

अनुसन्धानका सन्दर्भमा उहाँलाई गत मङ्गलबार पोखराबाट भैरहवा लगिएको थियो । आज दिउँसो  यति एअरलाइन्सको विमानबाट उहाँलाई पोखरा पुर्याईएको कास्की प्रहरीका प्रवक्ता बसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

रुपन्देहीको प्रहरी हिरासतमा लामिछानेले ३ दिन बिताएका छन् । जिल्ला सरकारी वकिलको कार्यालयमा उनले बयानका लागि २४ घण्टा व्यतित गरे ।

३ दिनमा रविसंग ७४ वटा प्रश्नमा सवालजवाफ भएको जिल्ला न्यायाधिवक्ता पौडेलले बताएका छन् ।

मंगलबार पोखराबाट जहाजमार्फत उनलाई भैरहवा लगिएको थियो।