शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार स्वास्थ्य

डेंगु संक्रमित एक जनाको मृत्यु, उपत्यकामा सबैभन्दा बढि संक्रमित

· मंगलबार, २३ साउन, २०८१ मा प्रकाशित
डेंगु संक्रमित एक जनाको मृत्यु, उपत्यकामा सबैभन्दा बढि संक्रमित
काठमाडौँ, साउन २३ :

डेंगु सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । यस वर्ष २ हजार ३ सय ६५ जनामा सङ्क्रमण देखिएकोमा एक जनाको मृत्यु भएको हो । 

सबै भन्दा बढी सङ्क्रमित २८७ जना काठमाडौँ जिल्लाका रहेको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

काठमाडौँ उपत्यकाका तीन सय ६० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका २८७ जनामा, भक्तपुर ४२  जनामा र ललितपुरका ३१ जनामा डेंगु पुष्टि भएको हो । 

देशका ७३ जिल्लामा डेंगु फैलिएको छ । डेंगु सङ्क्रमण अझै बढ्ने भएकाले सतर्कता अपनाउन विज्ञहरूको सुझाव छ । 

मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला जिल्ला भने डेंगुबाट सुरक्षित रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार