शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
प्रदेश कोसी प्रदेश

दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि स्थानीयले बसलाई जलाइदिए, अवस्था तनावग्रस्त

· आइतबार, ३ मंसिर, २०८१ मा प्रकाशित
दुर्घटनामा विद्यार्थीको मृत्यु भएपछि स्थानीयले बसलाई जलाइदिए, अवस्था तनावग्रस्त
सुनसरी, मंसिर ३ :

सुनसरी- कोशी राजमार्गको इटहरी खनार सडक खण्डको शान्तिचोकमा  भएको सवारी दुर्घटनामा एक जना विद्यार्थीको ज्यान गएपछि स्थानीयले सो बसमा आगो लगाइदिएका छन।

काँकडभिट्टाबाट विराटनगरतर्फ आउँदै गरेको प्रदेश १ -०१-००१ ख ४५७४ नम्बरको नागरिक यातायात वसले इटहरीस्थित जनता माध्यमिक विद्यालयको कक्षा ९ मा अध्यनरत सम्झना यादवलाई ठक्कर दिएपछि यादवको घटनास्थलमै ज्यान गएको थियो । 

ठक्कर दिएर भाग्न खोजेको वसलाई स्थानीयले खनार चोकमा नियन्त्रणमा लिएर आगजनी गरेका हुन । 

घटनापछि खनार चोकको अवस्था तनावग्रस्त बनेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

थप समाचार